एकल तथा विपन्न महिलालाई जनै बनाउने तालिम

राममणि दाहाल / हेटौँडा, असार २ गते। एकल तथा विपन्न महिलाको आयआर्जनमा वृद्धि गर्न सहयोग पुर्याउन जनै बनाउने तालिम प्रदान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयको आर्थिक सहयोगमा हेटौँडा ७ स्थित नागस्वतीमा हिन्दु धर्माबलम्बीले प्रयोगमा ल्याउने जनै बनाउने तालिम आयोजना गरिएको हो।

जनै विदेशबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउन एक हप्ते जनै बनाउने तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।

तालिममा वडाका २५ जना महिलाको सहभागिता रहेको तालिमको आयोजक पहिलो पाइला नामक संस्थाका तालिममा संयोजक सम्झना खनालले जानकारी दिनुभयो।

उहाँले तालिम बेरोजगार महिलालाई स्वरोजगार बन्न सहयोग पुग्ने भन्दै जनै उत्पादन गरी स्थानीय माग पूरा गर्ने र बढी भएको जनै अन्यत्र पठाइने बताउनुभयो।

तालिम सञ्चालक संस्था पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता भएको कार्यक्रमा हेटौँडा उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष दामोदर गौतमले वडाका एकल तथा विपन्न महिलालाई लक्षित गरी स्वरोजगारमूलक तालिम सञ्चालन गरिने बताउनुभयो।

तालिममा प्रशिक्षकद्वय रुपा तिमल्सिना र बेली दुलालले प्रशिक्षण दिनुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter