वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ, असार १६ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर मुलुकमा नै उद्यम गरी रहेका ८ जना उद्यमीलाई पुरस्कृत गरेको छ । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच उत्कृष्ट उद्यमीलाई मन्त्रालयले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरू सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ ।

राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि उद्यमीलाई सार्वजनिक रूपमा नै आवेदनको माग गरिएको थियो । इमेलमार्फत ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणबाट प्राप्त प्रतिवेदनहरूको आधारमा सम्भव भएसम्मका सातवटै प्रदेशको प्रतिनिधित्व कायम गर्ने गरी ८ जना उद्यमी राष्ट्रिय पुरस्कार वितरण गरिएको हो ।

झापाका चन्द्रप्रसाद बस्नेतलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद एक लाख ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो ।

त्यस्तै गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कञ्चनपुरका चन्द्र सिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । पुरस्कार बापत ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री डोलप्रसाद अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुक भित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

‘एक पटक विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुक भित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्नुपर्छ । यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ,’ उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले मिटर ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । चर्को ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई हटाउन मन्त्रालयले तयारी गरेको समेत उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter