एमालेले सरकारलाई दिँदै आएको समर्थन फिर्ता; एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

काठमाडौँ , असार १९ गते । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा ओलीले यस्तो बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ ।

बुधबार नै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा समेत बुझाइसकेका छन् । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न पनि आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।

एमालेका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् ।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् ।

कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter