राजनीति सफा नभई मुलुक बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असार २२ गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनै पनि समस्या समाधान नहुने दाबी गरेका हुन् ।

उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरुको संरक्षणको कारण भएको बताए । राजनीतिक दल र नेताहरूले सहकारीका सञ्चालकहरूलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो । उहाँले राजनीतिक दलहरूले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । त्यो राजनीति सफा नभईकन अरू समस्या समाधान हुनेवाला छैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मसात् गर्नुपर्ने अहिलेको अवस्था हो ।

जतिसुकै गरे पनि राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन् । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो । अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला । अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ । यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि ।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter