मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड

काठमाडौँ, असार २९ गते । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ । योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरू चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।’

त्यसैगरी बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब ५ दर्जन भन्दा बढी यात्रुहरू अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरि विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेसले गहिरो समवेदना प्रकट गरेको पनि प्रवक्ता महतले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter