ड्रागनफ्रुट खेतीबाट मनग्य आम्दानी

बिन्दु थापा / पाल्पा, असार ३१ गते । तानसेन नगरपालिका–११ मा ड्रागनफ्रुटको व्यावसायिक खेती सुरु गरेकी जुनकला रानाले वार्षिक चार पटक फलेको फल बेचेर मनग्य आम्दानी गर्न पाउँदा खुसी हुनुभएको छ ।

एक लाख पचास हजारको लगानी गरेर ड्रागनफ्रुटको व्यवसाय सुरु गरेको रानाले युट्युब हेरेर ड्रागनफ्रुट खेती सुरु गरिएको बताउनुभयो । उहाँले दाङबाट प्रतिबोट ३ सयका दरले ड्रागनफ्रुटको बिरुवा बन्दीपोखरा ल्याएको बताउनुभयो ।

रानाका अनुसार ‘प्रतिकिलो चारसय रुपियाँमा घरबाट बिक्री हुने गरेको छ’ उहाँले भन्नुभयो, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग गरिरहन्छन्, अर्को वर्षदेखि हामीसँग पर्याप्त उत्पादन र आम्दानी हुनेछ’ परम्परागत कृषि गर्दा बाँदर तथा अन्य जनावरबाट जोगाउन समस्या भएपछि ड्रागनफ्रुटलाई रोजेको रानाको भनाइ छ ।

आफ नै व्यक्तिगत लगानीमा सुरु गरेको व्यवसायलाई अब बिस्तार गर्दै लैजाने सोचमा रहेका जुनकलाले वडामा अनुदान पाउने कुराले खुसी भएको बताउनुभयो । उहाँले कृषकका लागि वडा ११ ले ल्याएको योजना देख्दा खुसी व्यक्त गर्नुभयो ।

वडा अध्यक्ष यादवसिंह कार्कीले तानसेन नगरपालिका ११ लाई ७८ लाख ४० हजार
बजेट विनियोजन भएको बताउनुभयो । कार्कीले पहाडी समुदाय र गाउँमा आर्थिक आम्दानीको मुख्य स्रोत नै कृषि भएकाले वडाले कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter