प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइ : पक्षमा १८८, विपक्षमा ७४; थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनुभएको छ। प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो।

उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद सङ्ख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । एक जना सदस्य भने तटस्थ बस्नुभएको छ । सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने सङ्ख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभएको हो। प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।प्रतिनिधि सभाको अर्को बैठक साउन ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

थालेको काम सक्नु सरकारको मुख्य प्राथमिकता होः प्रधानमन्त्री ओली

प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। उहाँले अहिले काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनुभयो।

उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिनताको अन्त्य गर्ने बताउनुभयो। उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनुभयो। उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनुभयो।

उहाँले तोकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुन अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनुभयो। उहाँले परियोजनाको लागत वृद्धि हुन नदिने बताउनुभयो।

उहाँले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्सानी असुल उपर गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताउनुभयो। उहाँले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीका समस्या तत्काल समाधान गर्ने बताउनुभयो। उहाँले अन्य देश व्यापार गरेका छन्।

हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको उहाँले बताउनुभयो। उहाँले व्यवसायीमैत्री वातावरण बनाउने बताउनुभयो। उहाँले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter