धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह

काठमाडौँ, साउन १७ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौँ महानगर वडा ८ को प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताउनुभएको हो । उहाँले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताउनुभयो ।

प्रमुख साहले कार्यक्रममा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताउनुभयो । उहाँले भवन उद्घाटनमा ठुलो कार्यक्रम गरिरहनु नपर्ने बताउनुभयो । उहाँले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताउनुभयो ।

उहाँले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको बताउनुभयो । उहाँले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरको मुहार हेर्ने चाहना रहेको बताउनुभयो । उहाँले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवन बनाउनको लागि काठमाडौँ महानगरले बजेट समेत व्यवस्था गरिरहेको बताउनुभयो । उहाँले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउनुभयो । उहाँले सम्पदा शैलीका सडक र घर भवन भए पर्यटकलाई आकर्षण अझै बढी हुने बताउनुभयो ।

काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको वडा ८ ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक रूपमा महत्त्व बोकेको वडा भएको बताउनुभयो । उहाँले वडाले बस्ती र बस्तीहरूलाई सांस्कृतिक र पुरातात्त्विक रूपमा पर्यटकीय रूपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले पर्यटकीय सम्भावना भएका ठाउँमा हाउस पुलिङ गर्ने योजनालाई अघि सारेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter