मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, साउन १८ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको छ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले आम मान्छेमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताउनुभएको हो।

उहाँले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रूपमा आएको बताउनुभयो। उहाँले अर्थतन्त्र चलायमान र गतिशील हुने बताउनुभयो। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकार सचेत प्रयास रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राष्ट्र बैङ्कले मुलुकमा जे प्रकारको समस्या देखिएको छ, अर्थतन्त्रमा जे–जस्ता समस्या देखिएका छन्, ती समस्याहरूलाई सम्बोधन गर्ने, समाधान गर्ने, मौद्रिक नीतिको सीमा भित्रबाट समाधान गर्ने सम्बन्धमा आवश्यक मात्रामा लचिलो हुनु जरुरी थियो। एक हदसम्म लचिलो भएको छ। कतिले यसलाई अहिले पनि कसिलो मानिरहेका छन्। कतिले यसलाई अतिरिक्त लचिलो भनेर पनि विश्लेषण गरिरहेका छन्। लचिलो ढङ्गले नै यो आएको छ। यसले स्वभावैले अर्थतन्त्रलाई चलायमान गर्न, अर्थतन्त्रलाई गतिशील तुल्याउनका निम्ति र खासगरी उत्पादनको क्षेत्रमा यसले केही इन्करेज गर्नसक्छ भन्ने मान्छेमा आशा, अपेक्षा छ। त्यही सोचको साथमा नै यो मौद्रिक नीतिको पनि कार्यान्वयन हुँदै जाँदा केही सकारात्मक नतिजा आउँछन् भन्ने मलाई लाग्छ।’’

अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढङ्गले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रूपमा निर्देशन दिएको बताउनुभयो। उहाँले कुनै पनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढङ्गले अगाडि बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताउनुभयो। उहाँले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक सतर्कता र सावधानी अपनाउन निर्देश गरेको जानकारी दिनुभयो।

उहाँले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभूत भएको भन्दै कानुनसम्मत प्रबन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताउनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter