यस्ता छन् हैजा नियन्त्रण तथा रोकथामका लागि आगामी योजना

काठमाडौँ, साउन २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।

मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेको काम र आगामी योजना सार्वजनिक गर्दै द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।

साथै मन्त्रालयले हैजा प्रभावित क्षेत्रमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गरिरहेको जनाएको छ । मन्त्रालयले हैजासम्बन्धी स्वास्थ्य शिक्षाका सामग्रीहरू तयार पारेर प्रसारण गरिरहेको जनाएको छ । साथै देशभरका १४४ अस्पतालहरूमा झाडापखालाका बिरामीहरूको नियमित रूपमा हैजाको निगरानी भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

जिल्ला र स्थानीय तहमार्फत खानेपानीको गुणस्तर निगरानीसम्बन्धी कार्य प्रभावकारी रूपमा भएको मन्त्रालयले जनाएको छ ।

साथै, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा बढी झाडापखालाका बिरामीहरू देखा परेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्रि हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने व्यवस्था गरेको छ ।

जनचेतना र सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खानेपानी शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।

रेडक्रस, वाटरएड र अन्य साझेखारहरुको समन्वयमा पानी शुद्धीकरण र जनचेतनका कार्यहरू गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

काठमाडौँ महानगरपालिकाका वडा नम्बर ११, १२ र १३ निर्वाचित सदस्यहरू, समुदायको विपद् व्यवस्थापन समिति तथा युवा र महिला समूहलाई हैजा रोकथाम र नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

वास क्लस्टरको बैठक बसी खानेपानी गुणस्तर प्रभावकारी बनाउने कार्य गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

साथै विज्ञसँगको छलफलमा हैजाको केस व्यवस्थापन रोगथाम र खानेपानी निगरानी गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

केन्द्र प्रदेश तथा स्थानीय तहमा रहेका खानेपानी गुणस्तर निगरानी समितिलाई सक्रिय बनाई खाद्य गुणस्तर निगरानी तथा अनुगमन कार्य गर्ने निकायहरूसँग समन्वयमा जोखिम पहिचान तथा रोकथाम गर्ने मन्त्रालयको योजना छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा रोग नियन्त्रण र रोकथामका लागि आवश्यकता अनुसार विज्ञ परिचालन गर्ने योजना भएको उल्लेख गरेको छ ।

नियमित निगरानी, प्रतिकार्य तथा महामारी व्यवस्थापन कार्य प्रणालीको सुदृढीकरणका लागि सरोकारवाला निकायहरू बिच एकीकृत समन्वय तथा सहकार्य गर्ने मन्त्रालयको योजना छ ।

हैजा नियन्त्रण गर्न रोकथाम योजना २०२४–२०३० बनाई सोसम्बन्धी आवश्यक कार्य गर्ने योजना रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter