राधाकृष्ण भगवान‍्को नाममा ३३ रोपनी सरकारी जग्गा हडपियो, अदालतमा पुग्यो मुद्दा

काठमाडौँ , साउन ३० गते । श्री राधाकृष्ण भगवान् र नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत नाम गरिएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले करिब ३३ रोपनी सरकारी जग्गा हडपेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त संस्थाले सरकारी जग्गा हडपेको तर सरोकारवालामार्फत हडपिएको जमिन खाली गर्न अनुरोध गर्दासमेत विपक्षीले कुनै चासो नदिएको भन्दै आर्सी ढकाल र जस्मिन ओझाले मुलुकी देवानी कार्यविधि २०७४ को दफा ९१ बमोजिम मुद्दा दायर गरेका हुन् ।

मुद्दामा सरकारी जग्गा हडपेर बनाइएको घर भत्काइ चलन चलाइ, सार्वजनिक जग्गा सार्वजनिक गर्नका लागि आदेशको माग गरिएको छ ।

मुद्दामा भनिएको छ,‘बाहिरी रूपमा समाजमा धर्मको रक्षा गरेको भन्ने र भित्री रूपमा सार्वजनिक जग्गा हडपेर आफ्नो वर्चस्व बनाउँदै आफू र आफ्नाका लागि जीवनभरि वासस्थानका लागि ठुला ठुला भवन निर्माण गरेको कार्य गैरकानुनी भएको हुँदा गैरकानुनी रूपमा अतिक्रमण गरेको सार्वजनिक जग्गाको मुलुकी देवानी कार्यविधि २०७४ को दफा १७७ बमोजिम जग्गाको नाप, जाँच, वा नक्सा समेत गरी उल्लेखित भवन तथा अन्य गैरकानुनी संरचना बनाउन स्वीकृति दिने विपक्षी निकायहरूलाई समेत कारबाही गरी उक्त गैरकानुनी संरचना भत्काई अतिक्रमित नेपाल सरकारको नाममा रहेका सार्वजनिक जग्गाहरूलाई विपक्षीको अतिक्रमण र भोगचलनबाट छुटाई सार्बजनिक जग्गा नै कायम गरी पाउँ ।’

मुद्दा दायर गरेपछि ओझाले कसैलाई पनि जात, धर्म, शक्तिको आडमा कानुन मिच्ने छुट नभएको बताइन् । यो मुद्दा एउटा व्यक्तिको मात्रै नभएर सम्पूर्ण राष्ट्रको विषय भएको समेत उनले बताइन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter