कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जगायो : महासचिव पोखरेल

गोविन्द शर्मा / बाँके, भदौ १७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि गठबन्धन बनेको दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “संविधान र कानुनमा समयानुकूल सुधारका लागि राजनीतिक रूपमा अनुकूलता रहेको छ, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।” राजनीतिक अस्थिरताले देश विकासमा अवरोध भएको भन्दै उहाँले राजनीतिक पार्टी बलियो हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

आर्थिक विकास र समृद्धिका लागि विगतमा माओवादीसँग पार्टी एकता गरिएको भए पनि असफल भएको बताउनुभयो । महासचिव पोखरेलले १० औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्क्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिनुहुँदै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न खोजिएकाले जबजको सान्दर्भिकता झनै बढेको बताउनुभयो ।

कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी सङ्गठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैलेव र कला विषयमा सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरी १५० जनाको सहभागिता रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter