देउवाले भने– समानुपातिकमा प्रश्न छ, समावेशिता हट्दैन

काठमाडौँ, असोज १ गते । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् । उनले प्रदेश संरचना बनिसकेकाले हटाउन नसकिने बताए ।

मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए ।

‘प्रदेश सरकार संरचना बनिसकेको छ । हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ उत्तरदायी बनाउने‚ अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिन्छ‚’ उनले भने‚‘सधैँ कति समानुपातिकबाट ल्याउने समस्या छ । कतिपय समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता र आवश्यकता छ ।’

उनले धेरै समुदायले चुनाव जित्न गाह्रो भएको भन्दै नेपालमा समावेशी राजनीति आवश्यक भएको बताए । उनले समावेशिताको खिलाफमा समाज नभएको भन्दै समानुपातिकको विषयमा कुरा उठेको बताए ।

‘समावेशी समाजको चरित्र हो । सबैको देश हो यो‚’ उनले भने‚‘देशको शासन प्रणालीमा सबैको प्रतिनिधित्व हुनुपर्दछ ।’

सभापति देउवाले इतिहासले गरेको गल्ती अझै पनि समाधान गर्न नसकिएको स्पष्ट पारे ।

‘त्यसैले छुवाछुत लगायत कतिपय कुरा कानुनी रूपमा समाधान भएपनि प्राक्टिसमा लागु भएको छैन । लागु हुन धेरै समय लाग्ने स्पष्ट छ‚’ उनले भने‚‘नेपालमा लोकतन्त्रले निर्वाध बोल्ने लेख्ने आफ्ना कुरा राख्ने अधिकार दिएको छ । जनमत बनाउने अधिकार दिएको छ ।’

प्रजातन्त्रको खिलाफमा काम भए स्वतन्त्र न्यायपालिका हेर्ने भन्दै देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउनका लागि संविधानमा संशोधन गर्न सकिने जानकारी दिए ।

सभापति देउवाले कांग्रेस र एमाले प्रजातन्त्रका लागि लडेको पार्टी भएको भन्दै आफू र एमाले अध्यक्ष केपी शर्मा ओली प्रजातन्त्रका लागि विद्यार्थी हुँदादेखि नै लड्दै आएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter