भेरी अस्पतालमा एमडी र एमएस पढाइ हुने

सिराज खान / नेपालगन्ज, असोज १९ गते । पश्चिम नेपालका तीनवटा प्रदेशका हजारौं बिरामीको बर्सेनी उपचार गर्दैआएको भेरी अस्पतालमा एमडी र एमएसको पढाइ हुने भएपछि बिरामीको उपचारमा थप सहयोग पुग्ने बिश्वास गरिएको छ ।

भेरी अस्पतालमा एमडी र एमएस पढाइका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग सम्झौता भएपछि पश्चिम नेपालका बिरामीको उपचारमा थप सहयोग मिल्ने बिश्वास गरिएको हो ।

भेरी अस्पताल बिकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहले एमडी र एमएस विषयको अध्ययन सुरु भएपछि भेरी अस्पतालको सेवा प्रवाह अझ राम्रो हुने बिश्वास गरिएको बताउनुभयो ।

बिशेषज्ञ चिकित्सकको जनशक्तिको अभावको समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो । यसैगरी भेरी अस्पताल बिकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले न्याम्स र भेरी अस्पतालबिच भएको औपचारिक सम्झौताले भेरीमा एमडी र एमएस पढाइ हुने बाटो खुलेकाले अब अस्पतालको महत्व बढ्ने बताउनुभयो ।

भेरी अस्पताल बिकास समितिका पूर्व सदस्य तथा नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठका अनुसार यो अस्पतालमा वर्षौँअघिदेखि एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रयास हुँदै आए पनि सार्थकता पाउन सकेको थिएन । हाल आएर न्याम्ससँग सम्झौता भएसँगै सो प्रयासले सफलता पाएको छ ।

अस्पतालका निवर्तमान प्रमुख डा. प्रकाश थापाले अस्पतालको सेवालाई थप गुणस्तरीय र सहज बनाउन अस्पताल बिकास समिति क्रियाशील रहेको जनाउँदै अस्पतालमा उपचार सेवासँगै शैक्षिक गतिविधि पनि सुरु हुँदा धेरैलाई फाइदा पुग्ने बताउनुभयो ।

अस्पतालमा एमडी र एमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुबेदीबिच गत साता सम्झौता भएको थियो

भेरी अस्पतालमा मेडिसिन, सर्जरी, अर्थोपेडिक, गाईनोक्लोजिष्ट, पिडियाट्रिक, एनेस्थोलोजिष्ट, रेडियोलोजी, इएनटी र एमडिजिपीमा एमडी र एमएस विषयको पढाइ सञ्चालन गर्ने प्रस्ताव गरिएको अस्पतालले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter