छोटो दुरीको हेटौँडा–काठमाडौँ सडक आइतबारबाट सञ्चालन हुने

राममणि दाहाल / हेटौँडा, असोज १९ गते । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो ।

एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पु¥याइएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर र महालक्ष्मी खोला नजिक तलबाट उठाएर सडक बनाएको उहाँको भनाइ छ । ‘‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ’’, उहाँले भन्नुभयो ।

हेटौँडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक सुचारु रहेको छ । उहाँका अनुसार सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकसमेत सोमबारबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।

मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएसँगै बागमती प्रदेश सरकारले सडक सुचारु गर्न उच्च प्राथमिकतामा राखेर कामगर्दै आएको थियो ।

दसैँ सुरु भइसकेकोले सडक सञ्चालन गर्नैपर्ने बाध्यतामा कारण पनि आइतबारबाट यातायात सुचारु गर्न लागेको निर्देशक पोखरेलले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter