नेपालमा ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा

काठमाडौँ । नेपालमा कुल जनसङ्ख्यामध्ये ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कुनै नकुनै प्रकारले खाद्य असुरक्षा रहेको जनसङ्ख्या ४६ लाख रहेको बताइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले घरपरिवारको हिसाबले करिब आधा जनसङ्ख्यामा खाद्य असुरक्षा देखिएको बताए । उनले जम्मा घरधुरीमध्ये ५२ प्रतिशत घरधुरीमा खाद्यको असुरक्षा देखिएको बताए । ‘५२ प्रतिशत घरधुरी खाद्य असुरक्षा देखिन्छ । त्यसमध्ये पनि खाद्य असुरक्षा २० प्रतिशत, मध्यम प्रकारको खाद्य असुरक्षा २२ प्रतिशत र गम्भीर प्रकारको खाद्य असुरक्षा १० प्रकार घरधुरी सङ्ख्या छ,’ उनले भने ।

शरीरलाई चाहिने सूक्ष्म, भिटामिन, मिनिरल विभिन्न प्रकार आवश्यक पर्छ तर सो खाद्य तत्त्व प्राप्त हुन नसकेको उनले बताए । ‘शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट मात्रै खानका लागि प्रतिपरिवार १४१ रुपैयाँ खर्च सकेका छौँ,’ उनले भने, ‘यसलाई पोषण युक्त बनायो ३४८ रुपैयाँ हुन्छ । २४७ रुपैयाँ महँगो पर्छ । यस्तो खानामा खर्च गर्न सक्ने परिवार २२ प्रतिशत मात्रै छन् ।’

खाद्य असुरक्षाको रेखामुनि रहेका ७६ राष्ट्रहरूमध्ये विश्वव्यापी भोकमरी सूचकाङ्कमा ४४ औँ स्थानमा नेपाल पर्दछ । करिब ४१ प्रतिशत मानिसले आवश्यक न्यूनतम आहारभन्दा कम उपभोग गरिरहेका छन् । सरकारी निकायको प्रयासका कारण दीर्घ कुपोषण (पुड्कोपन)को अवस्थामा केही सुधार आएता पनि यो अझै पनि उच्च नै रहेको सहसचिव श्रेष्ठले बताए । उनले अझै पनि नेपाली बालबालिकामा ख्याउटेपन देखिएको बताए । ‘ कृषिको उत्पादन, उपभोग बढेको छ,’ उनले भने, ‘तर फास्ट फुड र प्याकेजका खाद्य वस्तु खाने प्रचलन बढेको छ, यसले पोषणयुक्त खानमा सहयोग पुगेको देखिँदैन ।’

कृषि अभियन्ता उद्धव अधिकारले साना किसानले थेगेको कृषिलाई सुधार गर्नका लागि सरकारले रणनीति बनाउनु पर्ने सुझाए । सरकारले कृषि बीमाको रणनीति ल्याए पनि प्राकृतिक विपद्ले पुर्‍याएको क्षतिलाई सहयोग नगर्ने देखिएको गुनासो गरे । उनले यसलाई सुधार गरी यस्ता क्षतिलाई पनि बीमाले सम्बोधन गर्नुपर्ने धारणा राखे । ‘प्राकृतिक क्षतिलाई बीमाबाट सहयोग गर्नपर्छ, जसका लागि सरकारले कोष बनाउनु पर्छ,’ उनले भने, ‘किसानलाई चिन्ने आधार बढाउनु पर्ने । समुदाय तहमा गएर वास्तविक किसानको पहिचान गर्नुपर्छ ।’ यस्तै, उनले सरकारले समर्थन मूल्य कार्यान्वयन जोड दिनुपर्ने बताए ।

कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले खाद्यका लागि ऐन र नियमावाली आइसकेको बताए । खाद्य दिवसको नारालाई सार्थक बनाउन सबै पक्षको दायित्व रहने उनले बताए ।

‘सुखी जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार’ नाराका साथ सोमबार ४४ औँ विश्व खाद्य दिवस २०८१ मनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter