प्रसूति तथा स्त्रीरोग अस्पतालले दसैँ बिदामा पनि सेवा दिने

काठमाडौँ, असाेज २१ गते । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो ।

दसैँ, तिहार लगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनुभयो । उहाँले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनुभयो ।

अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपिडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पहिले नै प्रिपिएर भएर बस्छौँ ड्युटीमा रहेका कुनैपनि डाक्टरले बिदा नलिने र त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ ।

उहाँहरूले आफ्नो समूहमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने नियम बनाइएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौँ । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौँ । बच्चा कम चल्यो । मानौँ, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरूलाई मलाई केही भयो कि भन्ने शङ्का लाग्यो भने उहाँहरूले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाइरेक्टर आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्स-रे लगायतका गरेर बरु घर जान सकिन्छ ।”

ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै उपलब्ध हुनेछन् ।

दसैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेक अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा। अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताउनुभयो ।

यस्तै, अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको सङ्ख्या बढेर महिनामा करिब २ हजारको सङ्ख्या पुग्ने गरेको पनि निर्देशक डा। अधिकारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter