मन्त्रिपरिषद् बैठकका ११ निर्णय; अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि आर्थिक सुधार सुझाव आयोग गठन

काठमाडौं, असाेज २२ गते । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।

मन्त्री गुरुङले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०८१-८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङले २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्पाेर्टस फोरममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी गराउनुभयो ।

त्यस्तै, बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter