डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

कपिल ज्ञवाली / सिद्धार्थनगर, असोज २३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । वडा ९ को कठौतियामा भैरहवा एग्रिकल्चरल सुपरमार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रालिमार्फत भैरहवा कृषि बजार सञ्चालनमा आएको हो ।

२०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उद्घाटन गरिएको सञ्चालक रतन गुप्ताले बताउनुभयो । बजारको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले कठौतियामा कृषि बजार सञ्चालनमा ल्याउनु राम्रो काम भएको बताउनुभयो ।

उहाँले विषादीमुक्त तथा अर्गानिक तरकारीको बिक्री वितरणमा जोड दिन आग्रह गर्नुभयो । नगरप्रमुख खाँले नाफाका लागि कसैको पनि स्वास्थ्यसँग खेलबाड गर्न नहुने बताउनुभयो । उहाँले नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । त्यस्तै, सिद्धार्थनगर नगरपालिका –९ का वडाध्यक्ष शेषकान्त भण्डारीले भैरहवा कृषि बजारलाई नमुना बजारको रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।

भैरहवा कृषि बजार सञ्चालक समितिका अध्यक्ष चन्द्रो कहारले विषादीमुक्त तरकारी विक्री गर्ने प्रयासमै रहेको बताउनुभयो । हप्ताको दुई दिन बुधबार र शनिबार हाटबजार सञ्चालनको तयारी पनि गरिएको कहारले जानकारी दिनुभयो ।

स्थानीय चन्द्रो कहार, दीपक श्रेष्ठ, रतन गुप्ता, मोहम्मद अनिस पठान, अब्दुल रसिल पठान र रंगीलाल चाइको संयुक्त लगानीमा भैरहवा कृषि बजार सञ्चालनमा आएको सिद्धार्थनगर–९ का वडा सदस्य वसन्त भट्टराईले जानकारी दिनुभयो । ५ कठ्ठा जग्गामा डेढ करोडको लगानीमा सञ्चालित बजारमा हाल २६ वटा स्टल छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter