बिदामा आफैले उत्पादन गरेको तरकारी बेच्दै विद्यार्थी

राधाकृष्ण डुम्रे / वालिङ, असोज २८ गते । स्याङ्जाको वालिङ नगरपालिका–१४ हिमशिखर निमाविका विद्यार्थी दसैँ बिदामा तरकारी बिक्री गर्न व्यस्त छन् । विद्यालयको करेसाबारीमा उत्पादन गरेका तरकारी विद्यार्थीले बेच्दै आएका छन् ।

‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएको छ । विद्यार्थीहरु आफैले लगाएको तरकारी आफैले बेच्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरु आफ्नो पालोमा बारीमा काम गर्ने गर्दछन्, विद्यार्थीसँगै शिक्षकहरु पनि करेशाबारीमा काम गर्छौं ।”

बारीमा उत्पादन भएको तरकारी दिवा खाजामा प्रयोग गर्नेगरेको उहाँको भनाइ छ । दसैँ विदा भएकाले तरकारी बाहिर बेचिएको प्रधानाध्यापक खनालले बताउनुभयो । तरकारी बेचेर भएको आम्दानी पनि विद्यार्थीको खाजाको लागि नै प्रयोग गरिने उहाँले जानकरी दिनुभयो ।

विद्यालयले झण्डै तीन रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दैआएको खनालले जानकारी दिनुभयो । तरकारी आफै उत्पादन गर्दा दिवा खाजामा हुने खर्च बचत भएको र विद्यार्थीले ताजा र राम्रो खाजा खान पाएको उहाँको भनाइ छ । राज्यबाट प्रतिविद्यार्थी १५ रुपियाँ खाजाबापत दिने गरेको खनालले बताउनुभयो ।

कक्षा ७ सम्म पढाइ हुने हिमशिखर माविमा ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । वालिङ नगरपालिकाका विभिन्न विद्यालयमा ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम सुरु गरिएको नगर प्रमुख कृष्ण खाणले बताउनुभयो । पालिकाले नगरका-६ विद्यालयमा पहिलो चरणमा यस्तो कार्यक्रम सुरु गरेको उहाँको भनाइ छ ।

पालिकाले दिवा खाजालाई प्रभावकारी बनाउन करेसाबारीको अभियान सुरु गरिएको उपप्रमुख कविता तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यबाट दिवा खाजाको लागि प्राप्त हुने रकम थोरै छ, तरकारी विद्यालयमा नै उत्पादन भयो भने दिवा खाजा प्रभावकारी हुन्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter