गुल्मीलाई ८० हजार सुन्तलाको बिरुवा आवश्यक

रमेश विश्वकर्मा / गुल्मी, असोज २८ गते । गुल्मीमा प्रत्येक वर्ष ८० हजार सुन्तलाको बिरुवा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य विभिन्न संघ संस्थाबाट सञ्चालित कार्यक्रमका लागि ८० हजार बिरुवा आवश्यकता पर्ने देखिएको हो ।

हाल जिल्लामा करिब २० हजार मात्र बिरुवा उत्पादन गर्न सकिएको हुँदा बाँकी अन्य जिल्लाबाट भित्रिने गरेको छ । विभिन्न खालका गुणस्तरहीन बिरुवा जिल्लामा भित्रिदा सुन्तलाका बिरुवामा लाग्ने रोगका कारण सुन्तलाका बगैंचाहरु लोप हुने अवस्था सिर्जना भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

सबैको प्रयासबाट गुणस्तरीय बिरुवा उत्पादन गर्न सकेमा स्थापना भएका बगैंचा पनि गुणस्तर हुनुका साथै किसानको अतिरिक्त आम्दानीमा समेत वृद्धि हुनेछ । गुणस्तरीय बिरुवा लगाउनका लागि सचेत बनाउन जरुरी छ । स्रोत नखुलेका सुन्तलाका कुनै पनि बिरुवा लगाउन नहुने उहाँले बताउनुभयो ।

सुन्तला बाली गुल्मीको महत्त्वपूर्ण बाली भएको हुँदा यहाँका स्थानीय तहले अभियानका रुपमा सुन्तलाका बिरुवा लगाइएको छ । रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका लगायतका विभिन्न स्थानमा अभियानकै रुपमा सुन्तलाका बिरुवा लगाइएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

अभियानकै रुपमा सुन्तलाका बिरुवा लगाउँदा बिरुवाको संरक्षण गर्न सकिएमा भविष्यमा किसानको आयआर्जनमा समेत वृद्धि हुने विश्वास गरिएको छ । यस जिल्लामा गत आर्थिक वर्षमा १२ करोड ८४ लाख रुपियाँको सुन्तला निर्यात गरिएको थियो । १० वर्षपछि यहाँ एक अर्ब रुपियाँ बराबरको सुन्तला निर्यात गर्न सकिने लक्ष राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter