बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम

राजकुमार भट्टराई / खोटाङ, कात्तिक ६ गते । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो ।

उत्पादनको आधारमा प्रोत्साहन अनुदान रकम प्रदान गर्ने निर्णय गरिएको मेयर विमला राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका अत्याधुनिक बदाम उत्पादन हुने क्षेत्र हो । उत्पादनमा आधारित प्रोत्साहन रकम लिनलाई नगरपालिकाले कात्तिक ५ गते सूचना जारी गरेको छ ।

पाँच मुरीभन्दा धेरै बदाम फलाउने कृषकले १५ दिनभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । पाँच मुरी बदाम फलाउने कृषकले एक मुरीको ५ सयका दरले २५ सय प्रोत्साहन रकम पाउने छन् ।

पाँच मुरीभन्दा बढी फलाउने कृषकले ५ मुरीसम्म ५ सयका दरले र पाँच मुरीभन्दा बढीको तीनसयका दरले प्रोत्साहन रकम पाउने मेयर राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकामा यो वर्ष करिब सातसय मुरी बदाम उत्पादन हुने आङ्कलन गरिएको छ । करिब दुईसय घरधुरीले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दैआएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा २ डिकुवा, वडा ३ च्यास्मिटार, वडा ५ दुर्छिम, वडा ७ महादेवस्थान, वडा ८ धितुङ र वडा ११ राजापानीमा बदाम खेती हुँदैआएको छ । सो ठाउँमा उत्पादित बदाम जिल्लाका सबै ठाउँ र जिल्ला बाहिर छिमेकी जिल्लाका बजारमा पुग्ने गरेको छ । बदाम प्रवर्धनका लागि नगरपालिकाले उत्पादनमा आधारित रकम प्रदान गर्न लागेको मेयर राईले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter