काठमाडौँ महानगरले माग्यो १०८ स्वास्थ्यकर्मी; औषधी उपलब्ध गराउन सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव समिति गठन

काठमाडौँ, कात्तिक ७ गते। काठमाडौँ महानगरपालिकाले करारमा १०८ स्वास्थ्यकर्मी माग गरेको छ। महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै १०८ स्वास्थ्यकर्मी माग गरेको हो।

महानगरपालिकाले सेवा करारमा कर्मचारी पदपूर्ति गर्न सम्बन्धी कार्यविधि, २०७९ बमोजिम महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक परेकाले करारमा स्वास्थ्यकर्मी माग गरेको हो।

कार्यालय सहयोगीदेखि आठौँ तहका मेडिकल अधिकृत माग गरेको छ। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन महानगरपालिकाले आग्रह गरेको छ।

औषधी उपलब्ध गराउन सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव समिति गठन

उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गर्नुभएको छ।

मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन भएको हो ।

गठित समितिको सदस्यमा स्वास्थ्यविद् डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डाक्टर देवीप्रसाद प्रसाईँ, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि हुनुहुन्छ ।

यसैगरी, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् । समितिलाई औषधीको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुनेगरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिलाई छिमेकी देशले अपनाइएका औषधी मूल्य सम्बन्धी नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरेर उपयुक्त हुने स्वच्छ मूल्य निर्धारण सम्बन्धी आधार पहिचान गर्नुपर्ने नीतिगत सुधार सम्बन्धी सुझाव दिन पनि भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधी मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचान समेत गरी सुझाव सिफारिस गर्नेछ ।

औषधीको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ।

समितिको सोही सुझावका आधारमा उपभोक्तालाई औषधीको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णयसमेत लिने प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter