सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधी उत्पादन हुँदै

काठमाडौँ, कात्तिक ८ गते । सरकारले सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधीको उत्पादनको तयारी गरेको छ ।बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले सिंहदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधी उत्पादन भइरहेको र ४० किसिमका औषधीको उत्पादनको तयारी गरिएको बताउनुभएको हो ।

उहाँले सय दिनमा आफूले सङ्घीय अस्पतालका उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अस्पतालका उपकरणहरूको मर्मत कार्य सुरु गरेको बताउनुभयो । शहीद गङ्गालाल हृदय केन्द्र, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ति बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार अहिले जारी रहेको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले हालसम्म चार सयभन्दा बढी सामग्रीको मर्मतसम्भार भएको तथा मर्मतसम्भार गर्नुपर्ने आवश्यक उपकरणको इन्भेन्ट्री तयार भएको जानकारी दिनुभयो । उहाँले औजार उपकरणको सदुपयोग एवम् व्यवस्थापनका लागि कार्ययोजना तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन भई कार्य भइरहेको बताउनुभयो ।

मन्त्री पौडेलका अनुसार औषधी ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनमा समय सापेक्षिक संशोधनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउनु पूर्व सम्बन्धित निकायहरूमा राय सहमतिका लागि पठाइएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवम् प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबिच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमको दायरा विस्तारसहितको पुनर्संरचनाको प्रारूप तयार गर्न डा. शम्भु आचार्यको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन भई समितिबाट कार्य भइरहेको बताउनुभयो ।

मन्त्री पौडेलले सय दिनभित्र आफूले वीर अस्पतालमा १५ शय्याको जलन उपचार वार्ड पुनः सञ्चालन गरी सघन जलन उपचार सेवा निःशुल्क सुरुवात गरेको, सातै प्रदेशबाट हुनेगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगन्ज, कीर्तिपुर अस्पताल, कीर्तिपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भेरी अस्पताल नेपालगन्ज, सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर र सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकका लागि कस्मेटिक बाहेक सघन जलन उपचार निःशुल्क हुने व्यवस्था मिलाएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter