लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने, भोलि १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने

काठमाडौँ, कात्तिक २५ गते । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् बक्यौतासम्बन्धी सुझाव दिन गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

त्यस्तै भोलि (सोमबार) १२ बजेभित्र उद्योगीका काटिएका लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिने सरकारले निर्णय गरेको छ । साथै १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत भएको छ ।

यसबाहेक सिंहदरबार लगायतका स्थानमा थुप्रिएका पुराना गाडी मर्मत हुने मर्मत गरेर चलाउने र चलाउन नमिल्ने टेण्डरमार्फत बिक्री गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter