‘नेपाली क्रिकेट पारसको मात्र होइन’

काठमाडौँ, कात्तिक २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट पारस खड्काको मात्र नभएको र पारसले चलाएको भन्ने भ्रमबाट मुक्त हुन सबैमा आग्रह गर्नुभएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) बारे सोमबार क्यानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा खड्काले आफूले २० वर्ष राष्ट्रिय टोलीबाट खेल्दा नेपाल र क्यानको झन्डा मुनि खेलेको र क्यानमा आएको एक वर्षमात्र भएको बताउनुभयो ।

‘‘एउटा पूर्व खेलाडी र अहिले पदाधिकारीको हिसाबले नेपाली क्रिकेटलाई केही माथि लैजाऔँ भन्ने मात्र हो । पारस खड्का व्यक्तिगत रूपमा केही होइन । एनपीएल पारसको मात्र नभएर सिङ्गो नेपाली क्रिकेट प्रेमीको हो । एनपीएलमार्फत क्यानले नेपालको क्रिकेटमा आर्थिक, सामाजिक र व्यावसायिक रूपान्तरण गर्न खोजेको छ । यसलाई भविष्यमा अझै उत्कृष्ट बनाउँदै लैजानेछौँ,’’ पारसले भन्नुभयो ।

भौतिक संरचना अभावका कारण नेपाली क्रिकेटले चाहेको जस्तो गर्न नसके पनि एनपीएलको अर्को संस्करण ‘फ्लडलाइट’मा खेलाउने क्यानको इच्छा रहेको पारसले बताउनुभयो ।

‘‘एनपीएलको पहिलो संस्करणमै क्यानले सोचेभन्दा दोब्बर फ्रेन्चाइज टोली लगानी गर्न आए । जसमा आठ टोलीलाई स्थान दिन सफल भयौँ । फ्रेन्चाइज टोलीको लगानीले बिस्तारै प्रतिफल दिनेछ । एनपीएलको पहिलो संस्करण आयोजनाले अन्तराष्ट्रियस्तरको ध्यान तानेको छ,’’ पारसले भन्नुभयो ।

एनपीएललाई सफल बनाउन क्यानले हरेक तवरमा पारदर्शिता अपनाएको पारसको भनाई थियो । पारसले एनपीएलमा ‘म्याच फिक्सिङ’ लगायतका घटना रोक्न क्यानले विशेष तयारी गरेको पनि जानकारी दिनुभयो । मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने एनपीएलमा आठ वटा फ्रेन्चाइज टोलीबिच प्रतिस्पर्धा हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter