नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट

गाेविन्द रेग्मी / काठमाडौँ, कात्तिक २८ गते । नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । नेपालले ३.९३५३ रन रेट राख्यो । युएईले ३.७४०३ रन रेट बनायो ।

फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युर्एइ रन रेटमा पछि परेको हो । नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६.२ ओभरमै हराउनु पर्ने बाध्यता थियो । जसमा नेपाल अगाडि नै सफल भयो । अन्तिम खेलमा आएर घरेलु टोलीले नेपालको दबाब थेग्न सकेन ।

युएई यसअघिका पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो ।

यस्तै यसअघि नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लियो ।

नेपालका लागि ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक अविजित ३५ रन बनाउनुभयो । यस्तै कप्तान पूजा महतोले २१, सोनी पाख्रीनले अविजित १३ र ओपनर सावित्री धामीले १२ रन बनाउनुभयो । बलिङमा युएईकी मेहाक ठाकुरले दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०/१० रन बनाउनुभयो ।

बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिनुभयो । उहाँले भचार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रिया शर्मा र सीमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter