मन्त्रीपरिषद् बैठक; उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ


काठमाडौँ, मंसिर १६ गते । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपियाँ तोकेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्री गुरुङले मङ्सिर १३ गते बसेको मन्त्रीपरिषद् बैठकले मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने चीन भ्रमण स्वीकृत गरेको बताउनुभयो । उहाँले मङ्सिर १० गते बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणाको चीन भ्रमण स्वीकृत गरेको बताउनुभयो । उहाँले मङ्सिर १० गते बसेको बैठकले नै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । लेखामान बोर्डको अध्यक्ष पदमा सुनिरकुमार ढुङ्गेललाई र लेखापरीक्षण बोर्डको अध्यक्ष पदमा जगन्नाथ उपाध्यायालाई नियुक्त गरेको जानकारी दिनुभयो ।

उहाँले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको पुस ३ देखि १० गतेसम्मको गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुनका लागि स्वीकृति दिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०८१–८२ को लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफासहित गरी कृषकले उत्पादन गरेको उखु न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको बताउनुभयो ।

उहाँले नेपाल सरकार र गणतन्त्र फिनल्यान्डबिच हुने फिनल्यान्डको सार्वजनिक लगानी सुविधा अन्तर्गत वित्त परिचालन हुने परियोजना खाका स्वीकृत गर्ने सन्दर्भमा अर्थ मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको छ । स्थानीय शासक सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी ७९.२३ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायतातर्फ कुल बजेटको अनुपात नघट्ने गरी परिमार्जित कार्यक्रम स्वीकृत गर्ने र सो सम्बन्धित संयुक्त वित्तीय व्यवस्था अनुमोदन गर्ने निर्णय भएको पनि बताउनुभयो ।

मन्त्री परिषद्का निर्णयहरू

१) नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय ।

२) लेखापरीक्षण बोर्डको अध्यक्ष पदमा सुन्दरकुमार ढुङ्गेललाई र लेखा परीक्षणमान बोर्डको अध्यक्षमा जगनाथ उपाध्यायलाई नियुक्ति गर्ने निर्णय भएको छ ।

३) नेपाल सरकार र गणतन्त्र फिनल्यान्डबिच हुने फिनल्यान्डको सार्वजनिक लगानी सुविधा अन्तर्गत वित्त परिचालन हुने परियोजनाहरू खाका स्वीकृत गर्ने सन्दर्भमा अर्थमन्त्रालयलाई स्वीकृत दिने ।

४) स्थानीय शासक सहयोगका लागि प्रतिबद्धता प्राप्त भएको रकममा खर्च हुन बाँकी ७९.२३ मिलियन अमेरिकी डलरमध्ये प्राविधिक सहायतातर्फ कुल बजेटको अनुपात नघट्ने गरी परिमार्जित कार्यक्रम स्वीकृत गर्ने र सो सम्बन्धित संयुक्त वित्तीय व्यवस्था अनुमोदन गर्ने निर्णय भएको छ ।

५) नेपाल आयल निगम लिमिटेडलाई चितवन जिल्लाको राप्ती नगरपालिकामा २१९१६.९ बिघा जग्गा प्राप्ति गर्ने स्वीकृत दिने ।

६) परराष्ट्र मन्त्री डा. आरजु राणाको प्रतिनिधि मण्डललाई मङ्सिर १३ देखि १५ गतेसम्म गणतन्त्रवादी चीनको औपचारिक भ्रमण गर्न स्वीकृत दिने ।

७) पुष्पलाल मध्यपहाडी लोकमार्ग राजमार्ग परियोजनालाई राष्ट्रिय वनको १.०७२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने ।

८) नेपाल विद्युत प्राधिकरणलाई कालिगण्डीदेखि रिडीसम्मको १३२ केभी विद्युत प्रसारणलाई निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको ६.२१ हेक्टर जमिन प्रयोग गर्न स्वीकृत प्रदान गर्ने ।

९) २०८१ पुस ३ देखि १० गतेसम्म गणतन्त्र कोरियामा फोहोरमैला व्यवस्थापन सम्बन्धी अध्ययन भ्रमणमा सहभागी हुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भ्रमण स्वीकृत प्रदान गर्ने ।

१०) एसियाली विकास बैङ्कबाट क्याइमेन्ट रेजिलेन्ट ल्याण्ड स्केप एण्ड लिब्ली उड्स परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी डलर अनुदान तथा १० मिलियन डलर ऋण सहायता स्वीकृत गर्ने ।

११) एसियाली विकास बैङ्कबाट नवीनतम यान्त्रिक सिँचाइ आयोजना कार्यान्वयनको लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने ।

१२) भारतको नयाँ डिल्लीमा आयोजना हुने २९ औँ पार्टनरसिप समिट सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई स्वीकृत दिने ।

१३) चालु आर्थिक वर्ष २०८१–८२ को लागि उखुको उत्पादन लागत ढुवानी भाडा र मुनाफासहित गरी कृषकले उत्पादन गरेको उखु न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५८५ निर्धारण गर्ने निर्णय भएको छ ।

१४।नेपाल सरकार र इन्टरनेशनल वाटर म्यानेजम्यान्ट इन्चिच्युड आईडब्लुएमआईबीच हुने अण्डर स्ट्याडिङ स्वीकृत गर्ने

१५) नेपाल सरकार र अन्तर्राष्ट्रिय रिसर्च सेन्टरबिच हुने समझदारीपत्र स्वीकृति प्रदान गर्ने ।

१६) मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्रवादी चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने ।

१७) गोकर्णेश्वर नगरपालिकामा बन्न लागेको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति प्रदान गर्ने ।

१८) उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ दोस्रो संशोधन २०७६ सहितको दफा ३ (१) बमोजिम चालु आर्थिक वर्ष २०८१–८२ का लागि अनुदान रकम प्रतिक्विन्टल ७० कायम गर्ने निर्णय भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter