दुधको मूल्य बढ्यो तर फाइदा बिचौलियालाई


कावासोती, मङ्सिर १६ गते । नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् ।

मूल्य बढाउने माग गर्दै जिल्ला दुग्ध उत्पादक समितिले कहिले सडकमा दुध पोखेर त, कहिले डेरीलाई दुध नदिने गरी आन्दोलन गर्थे ।

यही मङ्सिर १ देखि भैँसीको दुघमा प्रतिलिटर १० रुपियाँ बढाइयो तर पनि कृषकलाई उत्साह थपेको छैन । कारण हो बिचौलियाले असुल्ने ठुलो हिस्सा । दुधमा आत्मनिर्भर बनेको पूर्वी नवलपरासीका हजारौँ दुध कृषक मूल्य अझै भनेको जति नबढेका कारण यो पेसा अँगाल्ने कि छाडेर अरू कुनै पेसा समात्ने दोधारमा पर्दै जान थालेका दलदलेका किसान सरोज आचार्यले बताउनुभयो । “बर्सेनि चार अर्बको दुध जिल्लाबाट मात्रै बिक्री हुने गर्छ तर वास्तविक किसानले दुधको मूल्य नै नपाएको र बिचौलिया हाबी हुँदै जान थालेपछि किसानमा उत्साह नै नभएको मुकुन्दपुरका दुध कृषक होमप्रसाद पौडेलले बताउनुभयो ।

किसानले भैँसी पाल्ने, घरमा दुध दुहेर त्यो दुध बिक्रीका लागि डेरीमा लग्ने गर्छन् । त्यो दुघ डेरीले ५५ देखि अधिकतम ६० रुपियाँ प्रतिलिटर खरिद गर्ने गर्छन् । डेरीले खरिद गरेको सो दुधबाट घिउ निकालिन्छ । त्यसपछि मात्र बिक्रीका लागि बजारमा पठाइन्छ तर बजारमा सो दुधको मूल्य १२० रुपियाँमा बेचिन्छ । “उत्पादक कृषकले भन्दा बिचौलिया डेरीले धेरै लाभ लिने भएपछि कृषक कसरी टिक्नु,” गैँडाकोटका दुग्ध कृषक तारापति त्रिपाठीले भन्नुभयो । वास्तविक किसानले दुधको मूल्य पाउन नसक्नु, बिचौलियाको प्रभाव हाबी हुनु किसानले गाईभैँसी पालेर दुःख गरेका धेरै किसान यो पेसाप्रति उदास बन्दै जान थालेका कृषक त्रिपाठीको भनाइ छ ।

मुकुन्दपुरकै अर्का गाईपालन कृषक जमुना खड्का अहिले ३९ वटा गाई पालेर यो व्यवसायमा हुनुहुन्छ । विदेशमा रहेका श्रीमान् नरबहादुर खड्कालाई समेत स्वदेश झिकाएर श्रीमान्, श्रीमतिले गाईपालन सुरु गरे पनि आम्दानीको स्रोत राम्रो भए पनि मूल्य नपाउँदा किसान ठगिँदै गएका खड्काले बताउनुभयो ।

सरकारले पशुबिमा अन्तर्गत पाँच प्रतिशत रकम किसाहनलाई अनुदान दिएकाले भने कृषक केही खुसी छन् । गाउँमा बसोबास गर्ने किसान पशुपालनमा आकर्षित हुन थालेका छन् भने पूर्वी नवलपरासीमा पछिल्लो एक वर्षयता चार सय युवा पशुपालन व्यवसायमा आकर्षित भएका छन् । जिल्लामा १८ हजारभन्दा बढी कृषक पशुपालनमा आबद्ध रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पशुपालन व्यवसायमा लाग्दा दुधको मूल्यमा एकरूपता कायम गर्न सकियो भने पूर्वी नवलपरासीमा सबैभन्दा बढी किसान दुग्ध व्यवसायमा लाग्ने जिल्ला दुग्ध उत्पादक सङ्घका सचिव प्रेम खरेलले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter