‘अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछ’


काठमाडौं / मङ्सिर १८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका नागरिकको क्षेत्रमा केही गरेर देखाउन चाहन्छौँ । त्यसैले यस्ता खाले कार्यक्रमहरू काठमाडौँमा मात्र नभई सात वटै प्रदेश र ७७ वटै जिल्लामा गर्नुपर्दछ । आज साङ्केतिक रूपमा एउटा सहायता सामग्री प्रदान गरेका छौँ । ७७ वटै जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयता सामग्री वितरण गर्नेछौँ ।’’

मन्त्री सुडीले आउँदो आर्थिक वर्षको बजेटमा यस शीर्षकमा बजेट छुटाउँदै निजी तथा सरकारी निकायहरूसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयता सामग्री प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउँछौँ । यसका लागि आउँदो आर्थिक वर्षको बजेटमा समावेश गरेर र सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरेर सहायता सामग्रीको व्यवस्था गर्छौँ । मैले मन्त्रीको रूपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरूका लागि कसरी सहयोग जुटाउन सकिन्छ भनेर लागिपरेको छु ।’’

उहाँले अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनुभयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने भनेर सम्झौता गरेपनि बजेट नछुट्याएको जिकिर गर्नुभयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रबन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता प्रदान गर्ने उहाँको प्रतिबद्धता छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter