जनसङ्ख्या नीतिले देश निर्माणको आधार निर्माण गर्छ : मन्त्री पौडेल


काठमाडाैँ, मङ्सिर २६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसङ्ख्या नीति आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसङ्ख्या नीतिमा सबै कुरा समेटिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनसङ्ख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो । सरकारले जनसङ्ख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्छ, उहाँले भन्नुभयो, जनसङ्ख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जनसङ्ख्या विभागहरूले विशेष पहल गर्नुपर्छ ।

उहाँले जनसङ्ख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए सुरुवातमै स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सम्पूर्ण कुरा समेटिएको जनसङ्ख्या नीति ल्याउन जरुरी छ । जनसङ्ख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निष्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाऊ पहिले ।”

यसरी मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हो ? त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्ने गरी राज्यले छुटाउनुपर्छ । नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरू मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुनुपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्ने गरी मेकानिजम आवश्यक पर्दैन,” उहाँले भन्नुभयो ।

यसै गरी, मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढङ्गबाट उपलब्ध हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बिमा ५ लाख पुर्‍याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने समेत उल्लेख गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter