विद्युतीय सवारीसाधन आजको आवश्यकताः भौतिकमन्त्री दाहाल


काठमाडौं, मङ्सिर ३० गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताउनुभएको छ । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री दाहालले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । उहाँले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउनुभयो ।

उहाँले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको जानकारी दिनुभयो । उहाँले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताउनुभयो ।

‘‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो । र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुन त इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्न उठेका छन् । जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि उठेको छ ।,’’ मन्त्री दाहालले भन्नुभयो, ‘‘यसमा हामीले ध्यान दिइरहेका छौँ । तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन । ग्लोवल्ली समस्या हो । यसबारेमा चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन हामी कोशिस गरिरहेका छौँ ।’’ मन्त्री दाहालले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter