राँगाको मासु चीन निर्यात गर्न सम्झौता


काठमाडौँ, पुस १ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता सम्पन्न भएको बताउनु भएको छ। उहाँले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताउनु भएको छ

यो नेपाल चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको तथा नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको उल्लेख गर्नुभयाे ।

चीनमा राँगा एवम् भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई साेमबार सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताउनुभयो । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उहाँको जोड थियो ।

“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भन्नुभयो ।

प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उहाँको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताउनुभयो । हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबिच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीकाे सम्बोधन यस प्रकार छ :

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको छ। हामीले यो हावापानीमा उत्पादन गर्ने नेपालको मौलिक उत्पादनको मात्रा थेरै नहुने भए तापनि यसको महत्व अत्यन्त ठूलो छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडीवुटी तथा ‌औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दूध तथा मासुबाट पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ।
नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित छ साथै हामिले नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ। नयाँ पुस्ता प्रविधि मैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नविन प्रविधिहरुको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ।

विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको छ। हाम्रा गाँउ वेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामिण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्याउन सहज भएको छ र यसरी उत्पादन भएका सामग्री वृद्धिहुँदा यिनको बजारीकरणको चुनौती समेत थपिएको छ। यस सन्दर्भमा हामिले नेपाली उपभोक्ताका अतिरिक्त विदेशमा सभावित बजार पहिचान गरी विक्री वितरण हुने वातावरण बनाउन समेत आवश्यक छ।

नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको छ। नेपाल आज दूध तथा मासुमा आत्मनिर्भरता तर्फ उन्मुख हुँदा यहाँ उत्पादित रागाँ भैसी तथा खसी बोकाको मासु र दूध तथा दूधजन्य बटर लगायतका पदार्थ निर्यातको सभावना बढेको छ।

नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको संभावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्न उत्सुक भएका छन्।

किसानले उत्पादन गरेका रागाँको मासुको गुणस्तर सुनिश्चित गरे पश्चात आम नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिवद्ध रहेको छ।

हामी हाम्रो कारण हाम्रा छिमेकीहरु लाभान्वित हुन भन्ने चाहान्छै। यसका लगि हामी नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत छौ। यसका लागि पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन दृढ संकल्पित छौ।

आज हामी छलफल गरिरहेको वस्तु मासुको गुणस्तर उत्पादन हुने स्थान देखी खपत हुने स्थानसम्म नै कायम राख्न जरुरी हुन्छ। यसका लागि वैज्ञानिक आधारलाई पालना गर्दै नेपालमा असल पशुपालन अभ्यासको पालना तथा असल अभ्यासबाट मासु उत्पादनका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गरेको छ।
हामी पशुका रोगको नियन्त्रण गर्न जोनिङ्ग लगायका विधिको अवलम्बन गर्दै स्वस्थ पशुको उत्पादन सहित पशुजन्य उत्पादनको रुपमा रहेको दूध तथा मासुको गुणस्तर प्रमाणीकरण गर्न नेपाल सरकार आफ्नो स्रोतले भ्याएसम्म प्रयासरत रहेको छ।

नेपाल र चीनबीच विगतमा घाँसको निर्यात गर्न भएको हेलेज सम्बन्धी प्रोटोकल सम्झौता एउटा ऐतिहासिक विन्दुको रुपमा रहेको छ। यससँगै हामिले हेलेज पठाउँदा चीनको स्वसाशित क्षेत्र तिब्बतमा हिउँदमा पशुलाई खानेकुराको आपूर्तिमा केही सहजता हुने हामी अनुमान गर्न सक्छौ।

आज किसानमा आधारित भैसीपालन आयोजनाका साथै स्वचालित वधशालाको घोषणाहुँदा उत्पादनको शुरु विन्दुबाट अन्तिम विन्दुसम्मका क्षेत्रमा नेपाल तथा चीनका व्यवसायीबाट कार्य शुरु हुन लागेको छ। मैले वुझे सम्म चीनीया जनता रागाँको मासुका विभिन्न परिकार मन पराउछन हामी यस्ता परिकार सुरक्षित रुपमा तपाईहरुलाई उपलब्ध गराउन आतुर छौ। यस आयोजनाको सफल कार्यन्वयनसँगै नेपाली जनता र चीनीया जनताबीचको सम्बन्ध अझ बढ्ने छ। हामी यस क्षेत्रमा थप सफल चीनीया लगानीको अपेक्षा गर्छौ।

म नेपाली लगानीकर्ताहरुलाई यस क्षेत्रमा व्यवसाय विस्तार गर्दै थप रोजगारी सिर्जना गर्न अनुरोध गर्दछु । साथै यस क्षेत्रमा पारस्परिक सहयोग सहित आउन सक्ने यस्ता सहकार्यका लागि सधै तत्पर हुन समेत अनुरोध गर्दछु।

यससँगै हामीले आगामी दिनमा पशुजन्य उत्पादन लक्षित गरी व्यापार सहजीकरणका लागि कर महशुल लगायतका द्विपक्षीय व्यापारमा असर गर्ने विषयमा समेत थप अध्ययन सहित कार्य गर्न म नेपाली मित्रहरु तथा यसमा आवश्यक सहजीकरणका लागी महामहिम मार्फत चीनिया पक्षलाई अनुरोध गर्दछु।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter