‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन


बुटवल, पुस ४ गते । लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धनका लागि प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गरेको छ । अभियानको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयमा रहेका गोही प्रजनन केन्द्र, बाघ–गैँडा उद्धार केन्द्र, हात्तीसारको बिहीबार बिहान अवलोकन गरेका छन् ।

पर्यटन लुम्बिनी प्रदेशको समृद्धि र विकासको आधार रहेको भन्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी पर्यटन सर्किटको अवधारणा अघि सार्दै आएका छन् ।

बर्दियामा पर्यटकको सङ्ख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्य सहित प्रदेश सरकारले घुम्न जाऊँ बर्दिया अभियान सुरु गर्न थालेको हो ।

बर्दियाको ठाकुरद्वारामा यो अभियानको सुरुवात गरिने उद्योग पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियामा पर्यटकहरूको थप आकर्षण बढाउन यो अभियान सुरु गर्न थालिएको हो ।

घुम्न जाऊँ बर्दिया एक वर्षे अभियान हो । बाह्य पर्यटकहरूलाई बर्दियामा आकर्षित गर्नका लागि प्रचारात्मक कार्यक्रम गरिने र यहाँ आउने पर्यटकहरूको सहजताका लागि सम्बन्धित पक्षसँग समन्वय गरिने छ ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायत प्रदेश सरकारका मन्त्री, सांसद तथा पर्यटन व्यवसायी, निजी क्षेत्रका प्रतिनिधिहरू बर्दिया पुगेमा छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter