सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा; रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ


काठमाडौँ, पुस ५ गते । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।

रिहा भएपछि दुर्गा प्रसाईंले भने– मेरो लडाइँ जारी रहन्छ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् ।

उनले भने, ‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुपर्‍यो ।’

अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताए । उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter