जनकपुर बोल्ट्स च्याम्पियन


काठमाडौँ, पुस ६ गते । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।

च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाउनुभयो । उहाँले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बन्नुभएको छ । मिलान्था प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो ।

बलिङमा दूरपश्चिमका स्कट कुग्लेजिन, कप्तान दिपेन्द्रसिंह ऐरी, सईफ जैव र इशान पाण्डेले एक एक विकेट लिनुभयो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेल्नुभयो । जैवले ६९ रन बनाउनुभयो । उहाँले ४३ बला आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । विनोद भण्डारीले ४१ रन बनाउनुभयो ।

उहाँले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गर्नुभएको थियो ।

यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिनुभयो । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिनुभयो ।

फाइनलमा जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो ।

आठ वटा फ्रेन्चाइज टोली सहभागिता रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter