सहकारी ठगीमा रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो माग, सोमबारबाट थुनछेक बहस


पोखरा / पुस ७ गते। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो मागदाबी गरेको हो।

सहकारी ठगीमै छविलाल जोशीविरूद्ध ५ करोठ २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ।

अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान महासचिव समेत रहेका दिपेश पुनविरूद्ध सहकारी ठगीमा मात्रै दुई करोड १४ लाख ८ हजार ८४३ रुपैयाँको बिगो माग गरेको छ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेको सम्पत्ति शुद्धीकरणमा पनि २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ। लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी गरेको छ।

सम्पत्ति शुद्धीकरणमै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा सोही बराबरको रकम मागदाबी गरेको हो।

स्रोत नखुलेको रकम असुल गर्नका लागि रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको हो।

रविलाई हिरासतै फर्काइयो, सोमबारबाट थुनछेक बहस

आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ।

कात्तिक २ गते काठामाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उहाँसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता पनि थुनछेक बहस आरम्भ भएन।

यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो। लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहनुभएका पाँच प्रतिवादी थुनछेक बहस नसकिञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनुहुनेछ।

सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। त्यसपछि दुवै पक्षको बहसप्रति बहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनुहुनेछ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अबेरसम्म मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमबारबाट थुनछेक बहस सुरु हुने जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter