नेपालमा १ लाख ४१ हजार होटल, वर्षमा कतिको गर्छन् कारोबार ?


काठमाडौँ, पुस १७ गते । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको उक्त सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ । ती संस्थाहरुमा कुल ३ लाख ८७ हजार ७४७ जना आवद्ध भएको सर्भेक्षणले देखाएको छ । यो सो क्षेत्रका आवद्ध व्यवसायी तथा उनीहरुका साझेदार, वेतलबी पारिवारिक सदस्यहरु र तलबी रोजगार व्यक्तिको समेत संख्या हो ।

यो संख्यामध्ये १ लाख ६ हजार ४५९ जना मात्रै तलबी कर्मचारी भएको प्रतिवेदनले देखाएको छ । नेपाल स्ट्यान्डर्ड औद्योगिक वर्गीकरणको ‘आई’ खण्ड अन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने वा जुनसुकै प्रकारको भोजन सेवा उपलव्ध गराउने प्रतिष्ठान यस अन्तर्गत रहेको कार्यालयले जनाएको छ ।

यी प्रतिष्ठानहरुमा होटल, रिसोर्ट होटल, अपार्टमन्ट होटल, मोटल, मोटर होटल, पाहुनाघर, धर्मशाला, पेन्सन्स आवास, बिछौना र खाजा, हेलिडे होम, कटेज क्याबिन, यूवा आवास तथा हिमाली आश्रय लगायत रहेका छन् । पाँचतारे होटलदेखि सडकको छेउमा हुने खाजा पसलसम्म यस अन्तर्गत समावेश गरिएको कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिए ।

नेपालका होटल, रेष्टुरेन्टले वर्षमा कतिको गर्छन् कारोबार ?

नेपालमा सञ्चालित होटल र रेष्टुरेन्टले सवा ३ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको बिक्री गर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेष्टुरेण्ट सर्वेक्षणले यो अवस्था देखाएको हो ।

यसमध्ये यसरी सेवा प्रवाह गरेका कम्पनीहरुको लागत २ खर्व १६ अर्ब ७३ करोड ८३ लाख मूल्य बराबर हुन आउँछ । यो हिसाबले उनीहरुले वार्षिक १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि गर्ने गरेको अवस्था देखिन्छ ।

२०८० मा गरिएको उक्त सर्भेक्षणले यस्ता व्यवसायिक प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेको र उनीहरुको कुल स्थायी सम्पत्ति ५ खर्व ४३ अर्ब २५ करोड ८२ लाख रहेको देखाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter