कृषिबाट आयआर्जन गर्दै दलित महिला


राजविराज, पुस २० गते। सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ भुरकीका दलित महिला खेतीपाती कुखुरा र हाँस पालेर आयआर्जन गर्दै आएका छन् ।

सशिया महाराज दलित महिला कृषक समूहमा आबद्ध २७ जना दलित महिलालाई हाँसपालन गर्न राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले सहयोग गरेको छ । समूहका अध्यक्ष श्रीकुमारी मण्डलले हाँसकुखुरा पालनसँगै हरिया सागसब्जी, काउली, प्याज, लसुन, आलु, गोलभेँडाखेतीमा दलित महिलाहरूलाई उत्प्रेरित गरिरहेको बताइन् ।

समूहका महिलाले ३० कट्ठा जग्गामा काउली, आलु, भण्टा, मुला, राय साग, धनियाँसहितका तरकारी लगाएका छन् । साथै उनीहरूले करेसाबारीमा बेमौसी लिची, नैवा, कागती रोपेका छन् भने हाँस, कुखुरा पालेर अण्डा र मासुको आपूर्ति पनि गरिरहेका छन् । केहीले बाख्रापालन पनि थालेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घले कृषिऔजार, वीउबिजन प्रदान गरेको छ । समूहका प्रत्येक सदस्यमा रु १५ हजार लगानी भएको महासङ्घका अध्यक्ष दीपककुमार ठाकुरले बताए । महासङ्घले समय–समयमा महिला तथा पुरुषलाई मल बनाउने तालिम पनि दिँदै आएको छ । करेला, बोडी, सिमी, फर्सी, भिण्डीको वीउ पनि प्रदान गरेर दलित महिलाका आयआर्जनमा महासङ्घले सहयोग गर्दै आएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter