मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न निर्देशन


काठमाडाैं / पुस २४ गते । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधवार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) गर्ने काम छिटो टुङ्ग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिनुभयो । समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापनलगायत आवश्यक पूर्वतयारीका कार्यहरु सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्रभावकारी रुपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

उहाँले भन्नुभयो, “युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने, वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) गर्ने काम छिटो टुङ्ग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिने, राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरु सम्पन्न गरी आयोजनालाई समयमै सम्पन्न गर्नेगरी प्रभावकारी रुपले आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिने हाे।”

समितिमा मङ्गलवार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter