राष्ट्रपति पौडेलद्वारा चार अध्यादेश जारी, राष्ट्रपतिले रोके भूमि अध्यादेश; १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय


काठमाडौँ , पुस २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल चार अध्यादेश जारी गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका चार अध्यादेशहरू जारी गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपतिले रोके भूमि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उक्त अध्यादेश जारी गरिएको विवरण उल्लेख छैन । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको छ ।

१ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter