सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैन : अर्थमन्त्री पौडेल


काठमाडौँ, माघ ६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक दुवै डुब्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अर्थमन्त्री पौडेलले पछिल्लो समय कतिपय मानिसहरूले बैंक र अर्थतन्त्र दुवै डुब्दै गएको अफवाह फैल्याउने काम गरेको बताए । उनले अर्थतन्त्रको बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेकाहरूले यस्तो नकारात्मक सन्देश फैल्याएको भन्दै वर्तमान सरकारले अर्थतन्त्र र बैंकलाई डुब्न नदिने प्रतिबद्धता जनाए । उनले पछिल्लो समय अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको तथ्याङ्कहरुले पुष्टि गरेको भन्दै कुनै नकारात्मक टिप्पणीले अर्थ नराख्ने बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरूको पछि कोही पनि लाग्न नहुने बताए । उनले सञ्चार जगतले पनि नकारात्मक कुरालाई प्रवर्द्धन नगर्न आग्रह गरे । उनले बैंकहरुमा तरलता थुप्रिएर बसे पनि पछिल्लो समय लगानीमा सुधार हुँदै आएको बताए । उनले सरकारले बैंकमा संकलन भएको निक्षेप उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने प्रयास पनि गरिरहेको बताए । उनले सरकारले पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न जरुरी रहेको बताए । उनले पूर्वाधार निर्माणमा समय, लागत र गुणस्तर सुनिश्चित गर्ने विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले सरकारले निर्वाह गर्नुपर्ने सबै भुक्तानी दिइसकेको बताए । उनले कुनैपनि निर्माण व्यवसायीले विधि पुर्‍याएर दाबी गरेको भुक्तानी नरोकिएको बताए ।

उनले भने,‘ ‘अर्थ मन्त्रालयले तथ्यांकमा खेल्दैन, चिटिङ गर्दैन । तथ्य जे हो त्यही सार्वजनिक गर्छौं, वर्तमान सरकार आएपछि अर्थतन्त्र सुधार भएको छ, अर्थतन्त्रका परिसूचकहरूलाई सकारात्मक बनाउने प्रयास गरेका छौँ, प्रतिकुल अवस्थाबाट हामी अहिले यहाँसम्म आइपुगेका छौँ । अर्थतन्त्रलाई नकारात्मक हुनबाट जोगाएर सकारात्मक बाटोमा लैजाने प्रयास गरेका छौँ । बैंकहरुको तरलता र ल्याण्डिङको विषय छ । विगतको तुलनामा ल्याण्डिङ बढ्दै गएको छ ।’

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयले तथ्यमा चिट नगर्ने बताए । उनले वर्तमान सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा सूचक नकारात्मक रहेको तर पछिल्लो ६ महिनामा सरकारले अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काएको दाबी गरे । उनले अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter