कान्तिपुर सिटी कलेजद्वारा अन्तर्राष्ट्रिय सम्मेलन “आईसीएआईई २०२५” सफलतापूर्वक सम्पन्न


काठमाडौँ, माघ ६ गते । कान्तिपुर सिटी कलेजले आज अन्तर्राष्ट्रिय सम्मेलन “आर्टिफिसियल इन्टेलिजेन्स र इन्जिनियरिङ (ICAIE 2025): चुनौती र अवसरहरू” सफलतापूर्वक आयोजना गर्यो। सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्त्व, यसको इन्जिनियरिङ क्षेत्रमा प्रयोग, तथा दिगो विकासमा यसले पुर्‍याउने योगदानका विषयमा चर्चा गर्यो।

कार्यक्रमको उद्घाटन कान्तिपुर सिटी कलेजका प्रिन्सिपल तथा कार्यक्रम अध्यक्ष श्री राजु कट्टेलले गर्नुभयो । प्रा. डा. दीपक प्रसारले “साइबर सुरक्षाका लागि एआईको भूमिका: विकासशील देशहरूको चुनौती र सम्भावना” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गर्नुभयो। उहाँले एआईको महत्त्वपूर्ण भूमिका, विशेष गरी साइबर सुरक्षा र खतरा पहिचानमा, प्रकाश पार्नुभयो।

छलफलले नेपालमा एआईको विकास, डेटा सुरक्षाको समस्या, ग्रामीण क्षेत्रलाई एआईमा समावेश गर्ने, र विकासशील देशहरूको सन्दर्भमा नीतिगत पक्षलाई सम्बोधन गर्‍यो।

कार्यक्रमको मुख्य निष्कर्ष एआईले दिगो विकास र प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।, नेपालको सन्दर्भमा एआईसम्बन्धी नीति, पूर्वाधार विकास र शिक्षाको आवश्यकता छ। र ग्रामीण क्षेत्रलाई समेट्ने रणनीतिहरू निर्माण गर्नुपर्छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter