प्युठानका नौ पालिका खोपयुक्त घोषणा

सुजल श्रेष्ठ / प्युठान, जेठ २८ गते । जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।

स्थानीय तहले आफ्नो पालिकाभित्र खोप लगाउनु पर्ने बालबालिकाको सर्वेक्षण गरेर खोपयुक्त पालिका घोषणा गरिएको छ । सर्वेक्षणका क्रममा खोप लगाउन छुटेका, पूरा मात्रा खोप नलगाएका बालबालिकालाई खोपको दायरामा ल्याएर खोपयुक्त पालिका घोषणा गरिएको छ ।

झिमरुक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विकास केसीले पालिकाभित्र खोप लगाउनुपर्ने सबै बालबालिकालाई खोप लागाइएको बताउनुभयो । पालिकाले सर्वेक्षण गर्दा एक जनाले एउटा पनि खोप नलगाएको र चार जनाले पूरा मात्रा खोप नलगाएको भेटिएको थियो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरमबहादुर जिसीले अभियानको दिगोपनाका लागि सबै सरकारले लगानीको दायरा बढाउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यजस्तो संवेदनशील बिषयमा आमनागरिक सचेत हुनुपर्ने बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले वर्षैपिच्छे गरिने कार्यक्रम भएकाले स्थानीय सरकारले प्राथमिकता दिएर लैजानुपर्ने बताउनुभयो । उहाँले खोप जनताले पाउँदा निःशुल्क पाए पनि राज्यले धेरै लगानी गरेको बताउनुभयो । खोप कार्यक्रममा एक ब्यक्ति बराबर करिब ४० देखि ४५ हजार रुपियाँ खर्च आउने बताउनुभयो । उहाँले विभिन्न ठाउँमा खोप केन्द्र बनाइदिन स्थानीय सरकारलाई आग्रह गनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter