दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिन सिफारिस

काठमाडौँ, जेठ २८ गते । दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको रातोपाटीलाई बताए ।

यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर कडा आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter