‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

कैलाली, जेठ २९ गते । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख जनकसिंह उखेडाले जानकारी दिनुभयो ।

मेलामा उपस्थित भएर एक हजार चार सय ६९ जना र अनलाइनमार्फत एक हजार दुई सय जनाले आवेदन दिएको उखेडाले बताउनुभयो । उहाँका अनुसार प्रदेशका नौवटा जिल्लामध्ये सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुर तथा अन्य पहाडी जिल्लाका युवाले आवेदन दिएका छन् । विभिन्न रोजगारदाताले दुई हजार छ सय ५४ जना माग गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहोराले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदाताबिच समन्वय गर्न श्रमादान मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter