काठमाडौँमा रुसी कविताको प्रस्तुति

काठमाडौँ, असार १ गते । रुसका प्रसिद्ध कविहरूका नेपालीमा अनुदूति करिब एक दर्जन कविताको आज काठमाडौँमा प्रस्तुति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित कार्यक्रममा नेपाली र रुसी दुवै भाषा-साहित्यमा सक्रिय स्रष्टाहरू डा.जङ्गल चौहान र जुगल भुर्तेलले ती कविताको प्रस्तुति गर्नुभएको हो ।

उहाँहरूले कतिपय कविता रुसी भाषामै वाचन गर्नुभएको थियो । कार्यक्रममा रुसी साहित्यकार अलेक्सान्द्र सेर्गेएभिच पुस्किन, र्माेन्तोभ, येशेनिन, पास्तरनाक, युघोर अलिसे, अनाकोइ लुनाकोब, भिक्टर जे, दुमौती बैजब, अनास्त्रा श्रेयगाभे, कातिरिना कोच्लुबालगायतका कविता अनुवादसहित प्रस्तुत गर्नुभएको थियो । देशभक्ति, क्रान्ति, प्रेम, वियोग, जीवन चिन्तनलगायत विधामा विषयविम्ब र प्रतीकात्मक रूपमा कविता प्रस्तुत गरिएको थियो ।

विभागका प्रमुख रघुजी पन्तले रुसमा निरङ्कुशता अन्त्यका लागि साहित्यकारहरूले वैचारिक योगदान दिएको र क्रान्तिले धेरै कवि जन्माएको सन्दर्भ उल्लेख गर्दै नेपाली साहित्यले त्यसबाट प्रेरणा लिन सक्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter