पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका १ सय घरटहरा हटाउने

काठमाडौँ , असार १ गते । । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा यसअघि नै अधिग्रहण भइसकेका तर मुआब्जा लिएरपनि घर जग्गा खाली नगर्नेहरूका लागि कोषले १५ दिने सूचना जारी गरेको हो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ८ तिलगंगा बी १३ आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू भत्काई लैजान १५ दिने सूचना जारी गरेको हो । म्यादभित्र ती संरचना नहटाए कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने कोषले जनाएको छ ।

सो क्षेत्रका झन्डै १ सय सङ्ख्याका पक्की तथा कच्ची घर टहरा हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषको स्वीकृत अवधारणात्मक गुरुयोजना अनुसार सरकारले २०६९ भदौ ६ गते तिलगंगा आवास क्षेत्रका जग्गा तथा पक्की र कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनाहरू समेत स्थायी रूपले अधिग्रहण गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार २०७१ सालमा अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई मुआब्जा भुक्तानी भइसकेको कोषले बताएको छ ।

अधिग्रहण भएको तिलगंगा आवासीय क्षेत्र खाली गराउन २०७७ साल असार ३ गते कोषले ३५ दिने सूचना जारी गरे पनि कोषबाट मुआब्जा बुझिसकेका अधिग्रहण प्रभावितहरूले हालसम्म पनि कच्ची, पक्की घर, टहरा, गोठ, पर्खाल खाली नगराएपछि कोषले १५ दिने सूचना जारी गरेको हो । कोषले सो क्षेत्रबाट कच्ची, पक्की घर, टहरा, गोठ, पर्खालसमेत भत्काई लैजान भनेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter