‘एक घर, एक धारा’ उपभोक्ता उत्साहित

बाबुराम देवकोटा / सिन्धुलीमाढी, असार २१ गते । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ खनियाखर्क निवासी भरतबहादुर थापालाई घरको आँगनमा नयाँ खानेपानीको धारा निर्माण भएपछि यतिखेर दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।

‘एक घर, एक धारा’ अभिायानअन्तर्गत गाउँमा दुई वर्षअघि निर्माण सुरु भएको खनियाखर्क खानेपानी तथा सरसफाई आयोजना भर्खर निर्माण पूरा भएपछि आफुलाई स्वच्छ खानेपानीसँगै यो सुविधा पुगको उहाँले बताउनुभयो ।

उपभोक्ता थापाले भन्नुभयो, ‘‘खानेपानीका लागि कहिले गाग्री बोकेर खोला पँधेरा खोज्दै हिँड्यौ । कहिले एक जनालाई गाग्री थाप्न डिय्टी राखेर माथि डाँडामा पाइप जोड्न जानु पर्दथ्यो । त्यती गर्दा पनि सुखले खानेपानी खान पाईदैनथ्यो ।’’

‘‘अहिले त सबैको घर अगाडि धारामा चौबिसैं घण्टा फिल्टर गरेको खानेपानी झर्छ, सबैलाई सुविधा भएको छ,’’ उहाँले थप्नुभयो । त्यसो त खनीयाखर्क गाउँमा ५२ घर परिवारको बसोबास रहेको छ । सोही ठाँउकी गृहणी प्रतिक्षा वाईवा गाँउमा खानेपानी योजना बनेसँगै स्थानीय उपभोक्ता खुशीले दङ्ग भएको बताउनुहुन्छ ।

‘‘पहिले खोला, पँधेरा, कुवाको खानेपानी उपभोक्ता राम्रो स्वच्छ खानेपानी खान पाइदैन थियो,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धारामा दुई ठाँउमा फिल्टर गरेर पानी आउछ, स्वच्छ खानेपानी खान पाइएको छ ।’’

उनीहरुलाई स्वच्छ खानेपानी खुवाउने उद्देश्यले गत आर्थिक वर्ष ०७९/०८० देखि खनियाखर्क खानेपानी तथा सरसफाई आयोजना सुरु गरिएको वडा अध्यक्ष सुरथकुमार बसेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘एक घर, एक धारा अभियानअन्तर्गत प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउन वडा कार्याल र पालिकाले प्राथमिकता दिएर काम गरी रहेका छन् ।’’

खानेपानीका लागि चरम समस्या भोग्दै आएका खनियाखर्क बासीको घर–घरमा स्वच्छ खानेपानी यतिखेर पुगेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को २६ लाख रुपियाँ, सुनकोसी गाँउपालिकाको १६ लाख रुपियाँ र स्थानीय उपभोक्ताको १४ लाख रुपियाँ बराबरको श्रमदानसहित ५७ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको छ ।

उक्त योजनाअन्तर्गत ट्याङ्की पाँच वटा, फिल्टर दुई वटा र ईन्टेक दुई वटा गरी नौ वटा संरचना बनेको आयोजनाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter