खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण

गुणबहादुर रोका / सुलीकोट, असार २४ गते । डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ ।

डिभिजन वन कार्यालय गोरखाले यहाँ खाली जग्गा भएका ठाउँमा वृक्षारोपण गर्ने मुख्य उद्देश्यसहित बिरुवा वितरण गरिएको डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३ वटा नर्सरीबाट एक लाख १५ हजार बिरुवा वितरण गरिएको हो । गोरखाको ३ किलोमा रहेको नर्सरी, पालुङटार सबडिभिजन बन कार्यालय ठाँटपोखरीको नर्सरी र गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनीटारको नर्सरीबाट विभिन्न प्रजातिका एक बर्से र बहुबर्षे बिरुवा उत्पादन गरी एक लाख १५ हजार बिरुवा निःशुल्क वितरण गरेको हो ।

यस वर्ष डिभिजन बन कार्यालय गोरखाले काष्ठजन्य बिरुवाहरू चाँप, खयर, सिसौ, टिक, मसला, डालेघाँसका बिरुवाहरू बकाइनो, किम्बु, टाँकी, इपिल, कोइरालो, राईखन्यु, पाखुरी, निमारो, सौन्दइबद्र्धक बिरुवा कपुर, धुपी, पारिजात, बिरेन्द्रफुल, अशोक र फलफूलका बिरुवाहरू अम्बा, निबुवा, लप्सी, किम्बु, अमला तथा जडीबुटीजन्य बिरुवा टिमुर तेजपात, सितलचिनी, राजवृक्ष, कुरिलो, चिउरी, सर्पगन्ध, पारिजात, बेल र निम लगायतका बिरुवा छन् ।

डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलका अनुसार सामुदायिक बन, संस्थागत र सार्वजनिक स्थलमा वृक्षारोपण गर्नेहरू सबै प्रजातिका मिश्रित बिरुवा लाने गरेका छन् । असार १४ गतेदेखि वितरण सुरु भएको बिरुवा २४ गते सोमबारसम्म १ लाख ५० हजार बिरुवा वितरण भइसकेको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter